पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा आइपुग्नु भएको छ । उहाँ सोमबार दिउँसो १ बजे बुद्ध एयरको जहाजबाट पोखरा आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी दुई दिनसम्म पोखरामा बस्नुहुने छ ।
मंगलबार गुरुङ समुदायको महत्वपूर्ण पर्व ट्रोहोटें तथा विन्ध्यवासिनी माविको हिरक जयन्ती समारोहमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको नवनिर्मित भवन उद्घाटन एवं हिरक जयन्ती समारोह समापन समारोहमा सहभागी भई उहाँ तमु धिं नेपालले नयाँबजारमा आयोजना गर्ने ट्रोहोटें पर्वमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका