केन्याको राष्ट्रपतिमा विलियम रुटो निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

केन्या। केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् ।

उनले झिनो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिन्गालाई पराजित गरेका हुन् । आधिकारिक मत परिणामअनुसार उनले कुल खसेको मत मध्ये ५० दशमलव ५ प्रतिशत मत हासिल गरेका छन् ।

ओडिन्गाका पक्षधरले चुनावमा धाँधली भएको आरोप लगाएपछि झडप पनि सुुरु भएकाले चुनाव परिणाम घोषणा ढिलो हुन पुगेको थियो ।

चुनाव आयोगका सातजनामध्ये चारजना सदस्यले पारदर्शीताको कमी रहेको भन्दै चुनावी परिणामलाई अनुमोदन गर्न अस्वीकार गरेका थिए ।

५५ वर्षीय रुटोले पहिलोचोटि राष्ट्रपति पदका लागि चुनाव लडेका हुन् । केन्यामा राष्ट्रपति चुनावका लागि २ करोडभन्दा बढी मानिसले नाम दर्ता गरेका थिए ।

खाद्यान्न तथा इन्धनको मूल्यमा बृद्धि, सरकारी ऋण, बेरोजगारी र व्यापक भ्रष्टाचार जस्ता आर्थिक मुद्दाहरू मुलुकको निर्वाचनमा केन्द्रित थिए ।

रुस–युक्रेन युद्धपछि यहाँका मानिसहरू इन्धनको मूल्यमा बढी चिन्तित थिए । बेरोजगारी देशको ठूलो समस्या हो ।

अर्थतन्त्रको अवस्था राम्रो छैन । विलियम रुटो विगत नौ वर्षदेखि देशको उपराष्ट्रपति रहेका छन्, उनलाई सबै कुरा राम्ररी थाहा छ ।

यी सबै कुरालाई सम्बोधन गरी देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु उनको सबैभन्दा ठूलो चुनौती हुनेछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?