एफबीआईले मेरो पासपोर्ट चोर्‍यो : ट्रम्प

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् ।

‘ ओहो मार-ए-लागोमा एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् ।

रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व ’

तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ ।

एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?