६६ बर्षीय बृद्ध अप्राकृतिक मैथुनको आरोपमा पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । सांसारिक प्रपञ्चदेखि मुक्त भएर भक्ति र साधनामा लाग्नुपर्ने उमेरका व्यक्ति कामवासनाले ग्रस्त भएर अप्राकृतिक मैथुनको आरोपमा म्याग्दीमा पक्राउ परेका छन् ।

खेतमा पानी लगाउन र घाँस काट्न गएका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बेनी नगरपालिका–१, रत्नेचौर बेलबोटका ६६ बर्षिय खुमनाथ शर्मालाई म्याग्दी प्रहरीले पक्राउ गरेको होे ।

घरबाट साथीहरूसँगै निस्किएका बालकलाई बेलबोटमा रहेको मन्दिर नजिकै पानी माग्ने क्रममा हातखुट्टा बाँधेर अप्राकृतिक मैथुन गरेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

घटनास्थलमा बालकको अवस्था हेर्दा अप्राकृतिक मैथुनबाट पीडित भएको देखिएपछि अनुसन्धानका लागि आरोपी शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन ढकालले बताउनुभयो ।

‘अभियुक्त माथि थप अनुसन्धान भइरहेको छ, पीडित बालकको अवस्था अहिले समान्य छ’ ढकालले भन्नुभयोे । प्रहरीले आरोपी शर्मा र पीडित भनिएका बालकको स्वास्थ्य परिक्षण गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

खेतमा पुगेका साथीहरूलाई खानेपानी लिएर आउने भन्दै निस्किएका बालक करिब २० मिनेटसम्म नआएपछि साथीहरू समेत पुगेर हेर्दा आरोपीले अप्राकृतिक मैथुन गर्दै गरेको अवस्थामा भेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडितका साथीहरूले प्रतिबाद गरेपछि आरोपी भागेका थिए । ‘आरोपीले विगतमा पनि राम्रो छैन्, ‘प्रारम्भीक अनुसन्धानमा उनको संलग्नता देखिन्छ’ प्रहरी नायव उपरीक्षक तिलक भारतीले भन्नुभयो ।

जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अवस्थामा पीडित बालकका परिवारले समेत किटानी जायरी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?