आतिशबाजीको गोदाममा विस्फोट हुँदा १२ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

येरेभान । आर्मेनियामा एउटा सपिङ मलभित्र आतिशबाजीको गोदाममा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थानबाट उद्धारकर्ताहरूले ११ ओटा शव फेला पारेका आरआईए समाचार एजेन्सीले आर्मेनियाको आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ ।

राजधानी येरेभानको एउटा सपिङ मलमा भएको गोदाममा आइतबार विस्फोट हुँदा भवनका केही भाग ध्वस्त भएका छन् । विस्फोटमा कम्तीमा ६२ जना घाइते भएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?