दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद

हिमालय टाइम्स
Read Time = 1 min

बाँके । बाँके जिल्लाको जानकी गाँउपालिका-१ पंचपोखरा ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो । यो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा यार्सागुम्बा छाडि भागेका थिए ।

बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?