बिरामीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जेल चलान गरिएका अमेरिकी चिकित्सक मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन । तर, आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयहरूमा आफ्ना बिरामीहरूलाई दुर्व्यवहार गरेको संघीय आरोपमा जनवरीमा मुद्दा चलाउने तयारी थियो । उनलाई अर्को महिना न्युयोर्क राज्यको मुद्दामा पनि सजाय सुनाइने भएको छ ।

६ जना महिलाको उजुरीपछि भएको सुनुवाइमा उनीमाथि यौन दुर्व्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा दोषी ठहरिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?