तराईमा चलेको पूर्विय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । मध्यतराईमा केहिदिनदेखि चैत वैशाखमा जस्तो पूर्विय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास ७ का विजय यादवले यसअघि वर्षायाममा यस्तो बतास अनुभव नगरेको बताउनुभयो । यो हावा स्वास्थ्यको लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएको उहाँको भनाइ छ ।

'हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूको चेतावनी छ । यसपालि धान उत्पादनमा समेत भारी ह्रास आउनेछ धेरैको अनुमान छ', उहाँले भन्नुभयो । चैत, वैशाखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्विय हावा पनि भन्ने गरिएको छ ।

वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तीका घटना बढन सक्ने भन्दै सर्वसाधारण चिन्तित बनिरहेका छन् । स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपुर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ ।

'वर्षाको समयमा औसत पानी नपरेको कारण पूर्विय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ ।' वातावरणविद् विराट पन्तले भन्नुभयाे ।

यस्तो हावाले अहिले किसानहरूले लगाएकाे धानबालिमा असर पर्दै गएको छ । यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन् ।

एलर्जी, मौसमी ज्वरोको जोखिम

सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहकाअनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरुलाई अत्याधिक समस्या वनाउने गर्दछ ।

उहाँले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गर्नुभयाे । 'गर्मीयाममा सबैलाई एलर्जी हुन्छ । अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।' डाक्टर साहले भन्नुभयाे ।

हावाको मात्र त्रास हैन बर्षाको त्रास समेत बढ्दै गएको छ । नेपालमा बिशेषगरी १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरूमा कहिले बर्षा हुन्छ र समस्या हुने होला भनेर त्रास बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?