खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू आइरहेका छन् ।
जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार एक सय ६० जना आएको जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले बताउनुभयाे । अन्य दिन कम्तीमा एक सय बिरामी आएका थिए । चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड-१९ को लक्षण देखिएको डा. राईले बताउनुभयाे ।
भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी पनि ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी नै बिरामी परेपछि अस्पताल आउने बिरामी समस्यामा परेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका