सेवाग्राहीसँग घुस लिने खानेपानी लिमिटेडका प्लम्बर खुलाल अख्तियारको नियन्त्रणमा

Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो ।

सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?