बागलुङको एक विद्यालयका दुई शिक्षकले एक वर्षदेखि १५ छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएको खुलासा

Read Time = 7 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर १० स्थित पाण्डपखानी माध्यमिक विद्यालयका दुई शिक्षकले १५ छात्रामाथि एक वर्षदेखि यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ । गत शुक्रबार विहान ट्युसन पढ्न आएकी कक्षा १० मा पढ्ने एक छात्रालाई गणित शिक्षक देवकुमार शाहले यौन दुव्र्यवहार गरेका थिए । ति छात्राको अभिभावकले विद्यालय प्रशासनलाई जानकारी गरापछि एक वर्षदेखि १५ छात्रालाई यौन दुव्र्यवहार हुँदै आएको घटना बाहिरीएको हो ।

आफूलाई शिक्षक देवकुमार शाहले आफ्नो गुप्ताङ्गमा हात हाल्ने र सुम्सुमाउने गरेको कुरा विद्यालयमा प्रधानाध्यापक तथा अन्य शिक्षकहरुलाई जानकारी गराएपछि त्यस विषयमा आइतबार छलफल चलाउन थालिएको थियो । सोही समयमा अन्य छात्राहरुले रुँदै देव कुमार शाहसहित अर्का शिक्षक रोशन कुमार शाहले आफूहरुलाई पटक–पटक यौन दुव्र्यवहार गरेको बताएका थिए ।

यौन दुव्र्यवहारको घटना एकएक बाहिरिएपछि विद्यालयले दुई शिक्षकको तत्काल राजीनामा मागेको थियो । उनीहरुले तत्तकाल राजीनामा दिएका थिए । यौन दुव्र्यवहारमा परेर अभिभावक मार्फत विद्यालयमा जानकारी गराएकी छात्राले शिक्षक देवकुमार शाहले आफूलाई अघिल्लो वर्षदेखि यौन दुव्र्यवहार गरेको बताइन् । ‘त्यो सरले मलाई अघिल्लो वर्ष ९ कक्षामा पढ्दा पनि यस्तै गर्नु भएको थियो, अहिले पनि त्यस्तै गरेपछि मैले भन्न बाध्य भएँ ।’

आफूलाई ट्युसन पढ्ने बेला शिक्षक शाहले नजिक आएर घुरेर हेर्ने र शरीरका विभिन्न अंगहरुमा हात लगाउने गरेको भन्दै रिसाएमा गालीगलोज गर्ने गरको बताइन् । ‘हामी विहान ट्युसन पढ्न भेला भएका थियौँ, देवकुमार सर पढाउन आउनु भएको थियो,’ ती छात्राले भनिन् ‘सरले प्रश्न सार्न लगाउन भएको थियो, मैले सार्दै थिए, उहाँ आएर मेरो हात सलले बाँधि दिनुभयो, मैले फुकाउन भनेँ कसैले फुकाइ दिएनन्, मैलेपछि आफै फुकाएँ, त्यही बेला सर आएर मेरो शरीरको विभिन्न अंगमा छाम्नु भयो ।’

उनले छलफलका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको कुरा सुनाएपछि अन्य कक्षाका छात्राहरुले पनि रुँदै देवकुमार र रोशन शाहले दुव्र्यवहार गरेको सुनाएका थिए । ‘अरु साथीहरुलाई पनि सरले त्यस्तो गर्नु भएको रहेछ, तर साथीहरुले लुकाएर बसेका रहेछन्, मैले भनेपछि सबैले भने’ उनले भनिन् ।

अर्की छात्राले शिक्षक रोशन शाहले आफूलाई पटक–पटक जिस्काउने र शरीरका अंगहरु चलाउने गरेको बताइन् । ति छात्राले आफूले डराएर अरुसँग भन्न नसकेको भन्दै साथीले भनेपछि आफूले पनि भनेको बताउँछिन् । ‘त्यो दुई जना सरले म लगायत धेरै साथीहरुलाई जिस्काउने चलाउने र संवेदनशील अंगमा छुने गनुए हुँदो रैछ, हामी कसैले पनि अरुसँग भनेका थिएनौँ, अस्ती साथीले सरहरुसँग भने पनि हामीहरुले पनि भन्यौँ’ उनले भनिन् ।

प्रधानाध्यापक नविन सुनारले विद्यार्थीलाई यस्ताखाले घटनाबाट बचाउन विद्यालयले सचेत गराइराखेको भन्दै यो भन्दा अघि विद्यालयमा यस्तो घटना नभएको बताउनु भयो । विद्यार्थीले अहिलेसम्म यस्ता खाले घटनाको कुनै पनि जानकारी नगराएको र यो पटक धेरै विद्यार्थीले आफूहरुमाथि दुव्र्यवहार भएको जानकारी गराएको बताउनु भयो ।

विद्यार्थीको गुनासोपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उनीहरुको तत्काल राजीनामा मागेको र दुवै जनाले राजीनामा दिएको उहाँले बताउनु भयो । बैठकमा राजनीतिक दल, जनप्रतिनिधि र शिक्षकहरुको सहमतीमा उनीहरुले राजीनामा दिएर घर गएको उहाँले बताउनु भयो । यस विषयमा स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन् ।

उनीहरुले विद्यालय प्रशासनले दोषीमाथि कानुनी कारवाही प्रक्रिया अघि बढाउनुको साटो विद्यालय व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, केही समाजसेवी, शिक्षकहरुको संलनतामा उल्टै शिक्षक द्वयलाई राजीनामा दिन लगाई यौन दुव्र्यवहार जस्तो जघन्य अपराधलाई सामान्य हो भनी उन्मुक्ति दिएको आरोप लगाएका छन् ।

प्रधानाध्यापक सुनारले विद्यालयले उनीहरुलाई कुनै पनि उन्मुक्ति नदिएको बताउनु भयो । ‘अहिले विद्यालयमाथि विभिन्न किसिमका टिकाटिप्पणी भएका छन्, हामीले उनीहरुलाई के उन्मुक्ति दिने, उनीहरुलाई हामीले जिम्मेवारबाट मुक्त गरायौँ,’ उहाँले भन्नुभयो ‘राजीनामा दिएर कोठामा गएर बसेका उनीहरुमाथि गाउँका केही युवाहरु गएर हातपात गर्ने प्रयास भएछ, हामीहरु गएर ठूलो दुर्घटना हुनबाट बचायौँ, अर्को दिन उहाँहरु जानु भएछ, यो गम्भीर विषय भएको हुँदा उनीहरुलाई कानुनी दायरामा ल्याउन सकिने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?