क्रसर उद्योगको दादागिरी, राजस्व बुझाउन नगरपालिकाले पत्राचार गर्दा उल्टै धम्की

हिमालय टाइम्स
Read Time = 2 mins

-दीपककुमार शर्मा

बर्दिया । स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व नबुझाउँदा बर्दियाको मधुवन नगरपालिकालाई काम गर्न अप्ठेरो भएको छ । बर्दियाको मधुवन नगरपालिका–४ मा रहेको शिवान क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन् गरेबापतको राजस्व नबुझाएको पाइएको हो । २०७७/०७८ को सिवान क्रसर उद्योगले तिर्नुपर्ने राजस्व ७३ लाख रुपैयाँ नबुझाउँदा स्थानीय तहमा उद्योगको दादागिरी चलेको पाइएको हो ।

नगरपालिकाले पटक–पटक राजस्व बुझाउनका लागि पत्राचार गरे पनि राजस्व नबुझाएको नगरपालिकाले जनाएको छ । शिवान क्रसर उद्योगले मधुवन नगरपालिकालाई गत वर्षको ७३ लाख रुपैयाँ राजस्व बुझाउनुपर्ने भए पनि सो राजस्व नबुझाएको पाइएको हो ।

पटक-पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको नगरपालिकाले जनाएको छ । सम्झौता तथा नियमभन्दा बाहिर गएर नदी उत्खनन् गर्ने अनुगमनका बेला पटक-पटक कारबाहीमा पनि पर्ने गरेको सिवान क्रसर उद्योगले सरकारलाई तिर्नुपर्ने राजस्व पनि नतिरेका कारण यसको नजिर बस्न सक्ने भन्दै स्थानीय राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवीहरूले राजस्व असुल गर्नुपर्ने बताएका छन् ।

नदी उत्खनन् गरेबापत सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाउने उल्टै कर्मचारी तथा जनप्रतिनिधिलाई धम्की दिने गरेको नाम नछापिदिने शर्तमा एक कर्मचारीले बताएका छन् । राजस्व नतिर्ने फर्मलाई प्रहरी प्रशासन लगाएर भए पनि असुलउपर गर्नुपर्ने स्थानीय नगरवासीको भनाइ छ । अब पुरानो राजस्व उठाउने तथा समन्वय गर्ने जिम्मा नयाँ जनप्रतिधि तथा कर्मचारीको काँधमाथि आइपरेको छ । सिवानको दादागिरीले नागरिकलाई समेत सास्ती भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?