काठमाडौं । आयोजक ग्रिनफिल्डले नवौँ ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे ।
सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३-३५ ले पराजित गर्यो । ग्रिनफिल्डका सशांक कार्कीले १८ अंक जोड्नुभयो । जुनियरमा अंकित सुनारको नौ अंकको सहयोगमा ग्रिनफिल्ड ‘ए’ ले नेरिकलाई १८-१२ ले हरायो ।
सिनियर ब्वाइजको अन्य खेलमा नेरिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १९-१०, किङडम हिमालयले हेम्सलाई ६४-५२, महामञ्जुश्रीले पुष्प सदनलाई ३३-२० र काठमाडौं जेभियरले एलआरआईलाई ३०-१७ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले इबिएलाई १६-८, संस्कृतिले ग्रिनफिल्ड ‘बी’ लाई १२-१० र महामञ्जुश्रीले हिमालयनलाई १४-११ ले पन्छाए । सिनियर गल्र्समा संस्कृतिले ग्रिनफिल्डलाई २२-१० तथा काष्ठमण्डपले हेम्सलाई २४-१३ ले पराजित गरे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका