काठमाडौं । नेपाली वरिष्ठ अम्पायर उदय अर्यालले जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भूमिका निर्वाह गर्ने हुनुभएको छ । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले नेपालबाट अर्याललाई चयन गरेको हो । यससँगै अम्पायर अर्यालले जापानको टोकियोमा २२ देखि २९ अगस्टसम्म आयोजना हुने टोटल इनर्जी बिडब्लुएफ ब्याडमिन्टन च्याम्पियनसिपमा लाइन जजको भूमिका निर्वाह गर्नुहुनेछ ।
अम्पायर अर्यालले गत वर्ष जापानको टोकियोमै आयोजना भएको टोकियो पारालिम्पिक गेम्समा पनि लाइन जजको भूमिका निभाउनुभएको थियो । उहाँ पारालिम्पिकमा लाइन जज गर्ने पहिलो नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियल हुनुहुन्छ । अम्पायर अर्याललाई बिडब्लुएफले ४ वर्षसम्मका लागि अर्थात् २०१९ जनवरीदेखि २०२२ को डिसेम्वरसम्मका लागि सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको छ ।
उहाँले विश्व ब्याडमिन्टन फेडेरेसन र ब्याडमिन्टन एसियाद्वारा मान्यता प्राप्त विश्वस्तरीय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । मिल्स एरिया विराटनगर निवासी उहाँ नेपाल विद्युत् प्राधिकरणमा कार्यरत हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको