केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी

Read Time = 2 mins

नैरोबी । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिङगालाई पराजित गर्दै राष्ट्रपतिमा विजयी हुनुभएको हो ।

पूर्वप्रधनमन्त्री ओडिङालाई वर्तमान राष्ट्रपति उहुरु केन्याटाको समर्थन रहेको थियो । चुनावमा पराजित भएपछि ओडिङाले निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभएको छ । निर्वाचन आयोगका सातमध्ये चार पदाधिकारीले चुनावी परिणाममा हस्ताक्षर गर्न अस्विकार गरेपछि केन्यामा केही तनाव उत्पन्न भएको थियो । केन्याको कुखुरा व्यापारीबाट राजनीतिक जीवन सुरु गर्नुभएका रुटो अन्ततःमुलुकको राष्ट्रपति बन्न सफल हुनुभएको हो ।

राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै विलियम रुटोले यो जित आफ्नो नभई केन्याली जनताको जितभएको प्रतिक्रिया दिनुभएको छ । ५५ वर्षका रुटो १० वर्षसम्म उपराष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । ७७ वर्षका ओडिङगा पूर्वप्रधानमन्त्री हुनुहुन्छ र उहाँले पाँचौंपटक राष्ट्रपति चुनाव लडनुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?