‘नेक्स्ट सुपर मोडल’का लागि आवेदन खुला

Read Time = 2 mins

काठमाडौं । ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ का लागि आवेदन खुला गरेको छ । आयोजकले विज्ञप्ति जारी गर्दै सन् २०२२ को संस्करणका लागि आवेदन खुला गरिएको जनाएको छ ।

१८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाइ हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताको अडिशन भदौ ११ गते हुनेछ । अडिशनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताउनुभएको छ । अडिशनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाइन पेमार्फत आफ्नो आवेदन दिन सक्नेछन् ।

आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, ¥याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायत ग्रुमिङ कक्षामा सहभागी गराइने बताउनु भएको छ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसर प्राप्त गर्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?