सेयर बजार फेरि ओरालोतर्फ

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । सोमबार बढेको सेयर बजार पुनः घटेको छ । सोमबार ५५ अंकले बढेको बजार मंगलबार भने २४.८३ अंकले घटेको हो । यस दिन दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको मात्रै ४० करोड ४२ लाख ४७ हजारको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यस दिन दुई सय २१ कम्पनीका ६४ लाख छ हजार सात सय ३८ कित्ता सेयर कारोबार भएकोमा सबै समूहगत सूचक ओरालो लागेका छन् । जलविद्युत्को सर्वाधिक ३.१८ प्रतिशतले घटेको छ भने विकास बैंक र फाइनान्स दुई प्रतिशत बढीले घटेको छ । व्यापार, निर्जीवन बिमा, उत्पादन, लघुवित्त र लगानी समूहगत सूचक पनि एक प्रतिशतभन्दा बढीले घटेको छ । अपर हेवाखोलाको सेयरमूल्यमा सकारात्मक सर्किट लेबलमा सेयरमूल्य बढेको छ । उक्त कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । कुमारी इक्विटी फन्ड २.८१ र सिद्धार्थ इक्विटी फन्डको इकाईमूल्य दुई प्रतिशतले घटेको छ ।

युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ५.६२ प्रतिशतले घटेको छ भने दोर्दीखोला जलविद्युत्, पञ्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी र आइएमई जनरलको सेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ । रिडी पावरको सबैभन्दा धेरै ४० करोड ८२ लाख ४७ हजारको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको आठ करोड ६८ लाख, हिमालयन डिस्टिलरीको पाँच करोड ८८ लाख, महालक्ष्मी विकास बैंकको पाँच करोड ८७ लाख, नेपाल टेलिकमको पाँच करोड ६१ लाख, अपि पावरको पाँच करोड १९ लाख, नेस्डो समृद्ध माइक्रोफाइनान्सको पाँच करोड १४ लाखको सेयर कारोबार भएको छ । युनिभर्सल पावर र अरुण भ्याली पनि साढे चार करोड कारोबारसहित शीर्ष १० कम्पनीमा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?