अर्थमन्त्री शर्मासँग मेयर साम्पाङको गुनासो

Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उहाँले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाई सहयोग गर्ने आश्वासन दिनुभयो । मन्त्री शर्माले मेयर साम्पाङको टिमले धरानका जनताको खानेपानीको समस्या समाधानका लागि गरेको जनपरिचालनको प्रशंसासमेत गर्नुभयो ।

मेयर साम्पाङले भने धरानमा खानेपानीको मुख्य समस्या रहेको र समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘तपाईंहरू हाम्रो अभिभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला । भेटमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?