दरबार स्क्वायर पर्यटन संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवद्र्धन संघको अध्यक्षमा शैलेन्द्रमान बज्राचार्य निर्वाचित हुनुभएको छ । संघले सोमबार वसन्तपुरमा एक कार्यक्रम आयोजना गरी नयाँ कार्यसमिति घोषणा गरेको हो ।

समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जयमान श्रेष्ठ रहनुभएको भने सदस्यमा दिनेश सुवाल, किरण श्रेष्ठ, चिरनरत्न शाक्य, डिल्लीरत्न तुलाधर, मनिश मुलेपती र अभिनवदास श्रेष्ठ रहनुभएको छ ।

२०६२ सालमा हनुमानढोका दरबार क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धनमा सघाउँदै सोमार्फत् स्थानीयको आर्थिकस्तर उकास्ने उद्देश्यले संघ स्थापना भएको हो । अध्यक्ष बज्राचार्यले काठमाडौंको पर्यटकीयस्थल वसन्तपुर आउने पर्यटकले देखेका समस्या समाधान, सुधार गर्नुपर्ने विषयको पहिचान तथा सम्बोधन गर्ने र स्थानीय नागरिकको सुझावअनुसारका काम गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?