नबिल फोनलोन क्युआर मर्चेन्ट शुभारम्भ

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्युआर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन–क्युआर मर्चेन्ट सुुरुवातसँगै क्युआर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितोबिना नै नबिल स्मार्ट बैंकिङमार्फत् तुरुन्तै कर्जा पाउन सकिनेछ ।

नबिल बैंकले युएनएसिडिएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यस्तो सुविधा ल्याएको जनाएको छ । सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीले नबिलको क्युआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बंैकिङ लिनुपर्नेछ । साथै अघिल्लो महिनामा पाँचवटा क्युआर कारोबारबाट १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ । यो नबिलले ल्याएको पूर्णरूपमा डिजिटल सेवा हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भन्नुभयो, ‘हामीले कुनै धितोबिना नै क्युआर कारोबारलाई आधार मानेर हाम्रा क्युआर मर्चेन्टलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलोपटक यो सुविधा ल्याएका हौँ ।’ यो सेवाबाट साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने उहाँको भनाइ छ । सुरुवाती चरणमा व्यवसायीले एक लाखसम्मको बिनाधितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?