वद्खोलामा टिभिएस शोरुम

Read Time = 2 mins

स्याङ्जा । नेपालमा टिभिएस टु हिृवलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टिभिएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहजरूपमा उपलब्ध गराउने उद्देश्यसाथ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

सो अवसरमा बतास इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताउनुभयो । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो सेवा दिन नयाँ सुविधाहरू थपिएको उहाँको भनाइ छ ।

कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेल, स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका ३ र ४ का वडाध्यक्षलगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?