स्प्राइटको हालसम्मकै ठूलो प्रोमोसनल क्याम्पेन

Read Time = 2 mins

काठमाडौं । स्प्राइटले आफ्नो हालसम्मकै सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ । क्याम्पेनमार्फत् स्प्राइटले उपभोक्तालाई हरेक घण्टा सामसुङ एओ-३ एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसुङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका-कोला र फ्यान्टाको पेट बोतलहरूमा समेत लागू हुने कम्पनीले जनाएको छ । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उपभोक्तालाई रमाइलो र यादगार क्षण प्रदान गर्न कोका-कोलााले केही न केही गर्दै आएको र पछिल्लो योजना पनि त्यस्तै एक प्रयास भएको कम्पनीको भनाइ छ ।

अफरमा सहभागी हुन उपभोक्ताले बोतलको प्रोमोसनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ । अफर स्प्राइट, कोका-कोला र फ्यान्टाको दुई सय ५० मिलि, पाँचसय मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलमा नेपालभरि लागू हुने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अफर असोज ९ गतेसम्म लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?