यस्तो छ तपाईंको भाद्र १ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र १ गते बुधबार, ई.सं.-१७ अगष्ट जुलाई, २०२२ । तिथि- भाद्र कृष्णपक्ष षष्ठी, नक्षत्र- अश्विनी, योग- गण्ड, करण- गर, चन्द्रराशि- मेष, सूर्योदयः ५ः३५, सूर्यास्तः १८ः३८ ।

मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

वृष : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

मिथुन : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

कर्कट : परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

सिंह : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

तुला : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

वृश्चिक : आत्मविश्वास र दृढ संकल्पले लक्ष्य प्राप्ति हुनेछ ।

धनु : आय आम्दानीका बाटा साँघुरा हुनेछन् ।

मकर : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

कुम्भ : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?