काठमाडौं। सरकारले आजदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने जानकारी दिनुभयो । आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।
२०७८ माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड-१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकाले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ।
पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताउनुभयो ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको