माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय तथा प्रदेश सभाको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिह्न लिएर निर्वाचन लड्ने भएका छन् । निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले एकल चुनाव चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

निर्वाचन आयोगका अनुसार एकल चुनाव चिह्नमा निर्वाचन लड्नेमा नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन् ।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन् ।

पूर्वप्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशासन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?