बाइडेनद्धारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ ।

मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो ।

‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडनेले भने । विधेक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘

यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म ईन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?