मन्दाकिनी, श्वेतगंगा र अपरसोलु हाइड्रोपावरको पहिलो कारोबार सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेप्सेमा बुधबार तीन जलबिद्युत कम्पनीको सेयर कारोबार प्रारम्भ भएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आजबाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो ।

आजको प्रि-सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएपश्चात अब यी कम्पनीहरुको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?