कविता : पद छिन्नुछ

Read Time = 4 mins

तेरै बाटो हिड्नुछ ।
नाकमा नत्थी लगाई

तैले हेरेको हेर्नुछ ।
आँखामा पट्टी लगाई

मलाई तँ जस्तै देखिनु छ ।
तँ एकदमै राम्रो देखिएर

तैले लाए जस्तै लाउनु छ ।
तँलाई सुहाएको देखेर

तैले खाए जस्तै खानु छ ।
तँ मोटाएको देखेर

तँ हिडेको ठाँउ पुग्नु छ ।
मभन्दा पहिले विजय गर्लास् कि भनेर

तँ बसेको कुर्सीमा बस्नु छ ।
तेरो बराबरी हैसियत मेरो छ भनेर

तैले किनेको प्रित किन्नुछ ।
बासनाले सबलाई लोभ्याउलास् भनेर

तैले गाएको गीत गाउनुछ ।
संगीतमय धुन छर्लास् भनेर

तैले लाएको मित लाउँछु ।
हलो दिएर चारपाथी धान ल्याउलास् भनेर

तैले हिडेकै बाटो हिड्नुछ ।
तँ म भन्दाअघि स्वर्ग पुग्लास् कि भनेर

तँलाई मैले धेरै चिन्नुछ ।
झुटो साँचो के भनिस् भनेर

तेरो भोक तिर्खा र निन्द्रा छिन्नुछ ।
पैसामा हो या सित्तै किनिस् या छिनिस् भनेर

म त तेरै नक्कल गर्ने हुँ ।

सहर जा या बजार

आना सुका मोहर होस् या हजार
तँलाई पछ्याएरै छाड्छु ।

तेरो दिमाग चाट्छु ।
पैताला साट्छु

म तैले हिडेकै बाटो हिड्छु ।
म त तेरो नक्कलै गर्छु ।

मेरो अक्कल कसले भर्छ ?
म त तेरै भर पर्छु ।
मेरो विश्वास कसले गर्छ ?
तँ जहाँ जा ! जे खा! जे ला! जे गर् !
म म त्यहि गर्छु ।

म त तेरै भर पर्छु ।

भत्ता सत्ता र लत्ता
हुकुम एक्काका पत्ता

फ्याँक्नलाई पनि म तेरै चाल हेर्छु ।
भोजन स्वजन र लोकजन

धर्म अर्थ र मोक्ष
भूत भविष्य र वर्तमान
गठन संगठन र विघटन
अखण्ड विखण्ड र श्रीखण्ड
तैले अङ्गालेका र चाहेका
सम्पूर्ण चिज कुनैपनि हालतमा
कुनैपनि मूल्यमा
मलाई पनि चाहियो ।
त्यो नपाए कुनै पनि मूल्य तिर्न
म तयार छु ।

तेरो सत्तो सराप गर्नेछु ।
चिने जानेकोलाई तेरो बारेमा

भए नभएका रोष दोष सबै पोल खोल्नेछु ।
तैले भिरेका जुनसुकै कार्यका झोलाहरू

तैले तरेका जस्तासुकै ताल पोखरी र खोलाहरू
म भिरेर हिड्न अनि तर्न तयार छु ।

तेरो दिव्य सभ्य र भव्य
महल झोपड़ी र खोपड़ी

मलाई पनि चाहियो ।

मेरो धीरताको बाँध नभत्काइदे
जे ,जसरी र जुनसुकै हालत पनि
म तेरै बाटो हिड्न तयार छु ।

किन था छ ?

किनकी ! तँलाई पछि पार्दै अघि लाग्नुछ ।
तेरो नक्कल गरेर
म सक्कली बन्नुछ ।

तेरो दिव्य दृष्टिमा मोतीबिन्दुको पारो झार्दिनुछ ।
नयनमा पट्टी लगाउँदै
तलाई धृतराष्ट्र र गान्धारी बनाउनु छ ।

नाकमा नत्थी लगाउँदै
तँलाई जुवामा नारिएका हलगोरू बनाउँछु ।
त्यसैले हेर् सुन् बुझ्

जे जसरी भएपनि
मलाई तँ सँगै, तेरै बाटो हिड्नुछ ।
अनि तेरै पद छिन्नुछ ।

–मुना दाहाल

२०७९/४/३१

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?