बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time = 1 min

काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौँ– १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौँमा पेस गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?