पूर्व उपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ लोकार्पण

Read Time = 2 mins

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा पराष्ट्रपति पुनले गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताउनु भयो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देशभित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले भावनाका तरंगहरू मधेशको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नुपर्ने कर्तव्यहरू धेरै भएको बताउनु भयो ।

पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धवप्रसाद भट्टराईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताउनु भयो ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्रकुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकोले नै मधेशका धेरै मुद्दा अझै नसकिएको बताउनु भयो ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै घटना पुस्तकमा आए पनि अझै धेरै कुरा छुटेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?