पूर्वमन्त्री हेमराज राईसहित जसपाका दर्जनौं नेता एमाले प्रवेश

Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री हेमराज राई कार्यकर्तासहित १० वर्षपछि फेरि नेकपा एमालेमै फर्किनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिनुभएका राई आफ्नो सबै टीमसहित आज एमालेमा प्रवेश गर्नुभएको हो ।

जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिनुभएको थियो ।

नवप्रवेसी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा खादा लगाएर स्वागत गर्नुभयो ।

राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बी सार्की पार्टी प्रवेश गर्नुभएको हो ।

त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु एमाले प्रवेश गर्नुभएको छ ।

राई भोजपुरका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?