दुई जना मान्छे खाने बाघ नियन्त्रणमा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

-दीपककुमार शर्मा

बर्दिया

बर्दियामा दुई जनाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चेपाङ मध्यवर्ति क्षेत्रमा पर्ने सुर्खेतको भेरीगंगा नगरपालिकामा बाघको आक्रमणमा परी दुई जनाले ज्यान गुमाएका थिए ।

भेरीगंगा नगरपालिका–५ गेरुवनीस्थित शक्ति मध्यवर्ति सामुदायिक वन क्षेत्रमा सोहि स्थानका ४६ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओली घास काट्न गएका बेला साउन २९ गते दिउँसो बाघले आक्रमण गरी ज्यान लिएको थियो ।

निकुञ्ज कार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाबाट खटिएको टोलीले भदौ १ गते दिउँसो सल्यानको कालिमाटि गाँउपालिका–७ स्वामीबास वन क्षेत्रबाट उक्त बाघलाई नियन्त्रणमा लिइएको बदिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको सो पाटे बाघालाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको खैरी पोष्ट नजिक रहेको खोरमा सुरक्षित राखिएको छ । सो बाघ करिब १२ वर्षको भएको बताइएको छ । बाघलाई बाँके राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?