‘बर एण्ड बधु’ फागुन १९ मा

Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र ‘बर एण्ड बधु’ को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आएलगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो ।

चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुनको १९ गतेबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुणलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताउनुभएको छ ।

यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्वीरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिनु भएको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुनुहुन्छ । चलचित्रमा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली चलचित्रका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?