अमेरिकी आइडलका फाइनलिस्ट दिवेश नेपालमा

Read Time = 2 mins

काठमाडौं । अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) बुधबार काठमाडौं आइपुग्नुभएको छ । आफ्नो पहिलो नेपाल कन्सर्टका लागि उहाँ अपराहृन त्रिभुवन विमानस्थलमा आउनुभएको हो । उहाँलाई स्वागत गर्न विमानस्थलमा फ्यानको भिड थियो ।

काठमाडौंमा जन्मिनु भएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित हुनुहुन्छ । विमानस्थलमा आउँदा उहाँ नेपाली ढाकाटोपीमा सजिनु भएको थियो । उहाँसहित उहाँको ब्यान्डका अन्य चारजना सदस्य पनि काठमाडौं आइपुग्नु भएको छ । उहाँले काठमाडौंसहित मुलुकका सात शहरमा कन्सर्ट गर्दै हुनुहुन्छ । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुँदैछ । काठमाडौंका अन्य दुई स्थानमा समेत कन्सर्ट हुँदैछ ।

आयोजक ब्रेन सर्भिसिङले उहाँको कन्सर्टको व्यवस्थापन हेरिरहेको छ । नेपाल बसाइमा उहाँले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने हुनुभएको छ । सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उहाँ पहिलोपटक नेपाल आइपुग्नु भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?