कोही पुरुष चाहिँदैन भन्दै आफैंसँग बिहे

Read Time = 2 mins

मुम्बई । आजकालको आधुनिक समाजमा महिलाहरू एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैंसँग विवाह गर्नुभएको छ ।

कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो शेयर गर्नुभएको छ । जसमा उहाँले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उक्त फोटो शेयर गर्दै क्याप्सनमा आफूले आफैंसँग विवाह गरेको जानकारी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘मैले आफैंसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैंले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन । म आफ्नो गितारसँग सधैं एक्लै र एकान्तमा खुशी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु ।

शिवशक्ति सबै मभित्र नै छ । धन्यवाद ।’ कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजकी हिस्सा हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?