ज्याकलिनमाथि दुई सय करोडको ठगी मामिलामा आरोपपत्र दायर

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज समय समयमा विवादमा परिरहनुहुन्छ । फेरि एकपटक २ सय करोड ठगी मामिलामा ज्याकलिनविरुद्ध प्रवर्तन निर्देशालय (ईडी) ले आरोपपत्र दायर गर्ने तयारी गरेको छ ।

ईडीले यस मामिलामा छानविन सकेर अभिनेत्री ज्याकलिनविरुद्ध आरोपपत्र दायर गर्न लागेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिनविरुद्ध बुधबार नै आरोपपत्र दायर गर्न लागेको छ । ईडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनी थाहा भएको र उहाँले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको आरोप लगाएको छ ।

प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चारवटा पर्सियन बिरालो र ५२ लाख भारु पर्ने घोडा उपहार दिनुभएको थियो । सुकेशले ज्याकलिनका पारिवारलाई पनि मोटो रकम पठाएको खबर बाहिरिएको छ ।

ज्याकलिनको नाम ठगी मुद्दामा मुछिएसँगै उहाँलाई भारत छाडेर जान पनि रोक लगाइएको थियो । यस मुद्दामा लामो समयदेखि अनुसन्धान भइरहेको छ । ईडीले ज्याकलिनलाई पटकपटक सोधपुछका लागि बोलाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?