सेयरमा सामान्य गिरावट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । नेप्से ०.३६ अंकले घटेर २०४०.७० अंकमा झरेको हो । मंगलबार दुई अर्ब ७३ करोडको सेयर कारोबार भएकोमा बजारमा बुधबार दुई सय २० कम्पनीका ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता सेयर एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैयाँमा कारोबारको भएको छ ।

अपर हेवाखोला, दोर्दीखोला जलविद्युत् कम्पनी र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य पनि नौ प्रतिशतभन्दा बढीले बढेको हो । श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै अपर हेवाखोलाको सेयरमूल्य ९.९९ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ९.९८ प्रतिशत, दोर्दीखोला जलविद्युत् कम्पनीको ९.१७ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ४.१५, प्रतिशत, किसान लघुवित्तको ३.७४ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्डको ३.२६ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्त ३.१७ प्रतिशतले बढेको छ ।

तर, सामलिङ पावर लिमिटेडको सर्वाधिक ५.१४ प्रतिशत, मनकामना स्मार्टको ५.०५ प्रतिशत, सिंगटी हाइड्रोपावरको ३.६४, सबैको लघुवित्तको ३.२५ र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य २.२५ प्रतिशतले घटेको छ । रिडी हाइड्रोपावरकोे भने सर्वाधिक १८ करोड ४३ लाख ११ हजार आठ सय ९८ रुपैयाँको दुई लाख ८६ हजार आठ सय ६० कित्ता सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको छ करोड ९० लाख, नबिल बैंकको चार करोड २६ लाख, आइसिएफसी फाइनान्सको तीन करोड ६५ लाख र नेपाल टेलिकमको तीन करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । नेस्डो समृद्ध लघुवित्त, हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक, दोर्दीखोला जलविद्युत् र अपि पावर शीर्ष कारोबार हुने १० कम्पनीभित्र समेटिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?