प्रभु क्यापिटलको विशेष अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । जसका लागि प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सका बीच सम्झौता भएको छ । अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउनेछन् । अफरबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा प्रभुक्याप १० उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्तर्गत रोडहाउस पिज्जा बत्तीसपुतलीमा १० प्रतिशत छुुट पनि पाउने भएका छन् । कम्पनीले हाल दुई लाख १५ हजारभन्दा बढी हितग्राही ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?