एनएमबीका ग्राहकलाई हवाई टिकटमा क्यासब्याक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनएमबीका ग्राहकले अब बुद्घ एयर र यती एयरमा क्यासब्याक पाउने भएका छन् । आगामी चाडपर्वलाई मध्यनजर गर्दै एनएमबी बैंकले अहिलेदेखि नै क्यासब्याक अफर प्रस्तुत गरेको हो ।

एनएमबीका ग्राहकले बुद्घ एयर र यती एयरको एप र वेबबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिदमा क्रमशः तीन सय ५० र पाँच सय रुपैयाँ क्यासब्याक सुविधा पाउने बैंकले जनाएको छ ।

क्यासब्याक सुविधाका लागि ग्राहकले आफ्नो एनएमबी कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहने पनि बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?