मेगा म्याजिक मुद्दती योजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मेगा बैंकले छ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ । मेगा बैंकको नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकले ७६ महिनादेखि एक सय ९६ महिनाभित्रै दुई गुणादेखि छ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकका सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ९३ महिनादेखि एक सय ८५ महिनाभित्रै दुई गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले ७० महिनादेखि एक सय ८० महिनाभित्र दुई गुणादेखि छ गुणासम्म निक्षेप रकम फिर्ता पाउने पनि बैंकले जनाएको छ ।

म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले एक लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले पाँच लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधिअनुरूप दुई गुणादेखि छ गुणासम्म बढाउन सकिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?