काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको ‘बेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ । युवा उद्यमीको लगानीमा खुलेको उद्योग र आउटलेटमा करिब ५० लाखको लगानी गरिएको कम्पनीले जनाएको छ । युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याउनुभएको शंखमूल सपको उद्घाटन गायक प्रमोद खरेलले गर्नुभएको हो ।
फ्रेन्चाइज अवधारणामा सञ्चालित बेकरिज द केक सपको यो पहिलो आउटलेट हो । आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामग्री अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिनुभयो ।
तत्काल काठमाडौंमा ५० वटासम्म आउटलेट धान्ने क्षमताका पूर्वाधार र जनशक्ति रहेकाले आवश्यकताअनुसार उद्योगको क्षमता र जनशक्ति थप्दै लगिने राउतले जानकारी दिनुभएको छ । अर्का सञ्चालक सञ्जय महासेठले भन्नुभयो, ‘नेपालमा केकको वास्तविक स्ट्यान्डर्डराइजेसनको पहिचान हामी दिँदैछौँ ।
हामीले उत्पादन गर्ने केकको ब्रान्ड अन्तर्राष्ट्रिय गुणस्तर चिहृन (आइएसओ) बाट प्रमाणित गर्दैछौँ ।’ यस्तो गुणस्तरीय ब्रान्डेड केक काठमाडौं उपत्यकाभित्र अर्डर भएको एक घण्टामै डेलिभरीको व्यवस्थासमेत मिलाइएको छ ।’ काठमाडौंमा तत्कालै २० आउटलेट र पोखरा, नेपालगञ्ज र हेटौंडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका