कलंकीस्थित खसी बजार हटाउन महानगरको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।

वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले एक सूचना जारी गर्दै निर्देशन दिएको हो।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएपछि खसीबजार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ।

स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए। एक सूचना जारी गर्दै महानगरले अबको १५ दिनभित्र उक्त जग्गाबाट खसी बजार हटाउन निर्देशन दिएको छ।

व्यवसायीलाई खसी बजारको वैकल्पिक व्यवस्था गर्न महानगरले आग्रह गरेको छ। निर्देशन अटेरी गरेमा कानुन अनुसार कारबाही गरिने महानगरको चेतावनी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?