इन्डोनेसियाको ७७ औँ स्वतन्त्रता दिवस

Read Time = 2 mins

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालय आइएमई कम्पेक्स परिसरको काठमाडौंस्थित कार्यालयमा झण्डोत्तलन कार्यक्रम सम्पन्न भएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच नेपालस्थित इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गर्नुभएको हो ।

अवैतनिक वाणिज्यदूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै दुई देशबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताउनुभयो । उहाँले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको भन्दै सम्बन्ध आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?