भट्टराई गरिमा क्यापिटलको सिइओ नियुक्त

Read Time = 1 min

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको साउन २९ गते बसेको सञ्चालक समितिको ५२औँ बैठकको निर्णयानुसार कम्पनीले निर्मल भट्टराईलाई भदौ १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ ।

भट्टराईले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) गर्नुभएको छ । उहाँ संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आउनुभएकोमा हाल कम्पनीको सिइओ पदमा नियुक्त हुनुभएको हो ।

यसअघि उहाँले गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?