८५२ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बुधबार ८५२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ६ हजार ८८३ जनाको परीक्षण गर्दा ८५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ८७६ जनाको पिसिआर परीक्षण गर्दा ५३१ जना र दुई हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको हो ।

बुधबार काठमाडौं उपत्यकामा मात्रै ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २६१, भक्तपुरमा ६३ र ललितपुरमा ५५ जनामा संक्रमण देखएको मन्त्रालले जनाएको छ । योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ४६२ पुगेको छ । बुधबार ३२८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४६२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये पाँच हजार २७९ जना होम आइसोलेसनमा र २०३ संस्थागत आइसोलेसन छन् । अस्पतालमा उपचाररतमध्ये ५९ संक्रमित आइसियुमा र सातजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?