न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै वेस्ट इन्डिज विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिजले पहिलो एकदिवसीय (ओडिआई) खेल आफ्नो पक्षमा पारेको छ । १९१ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो ।

वेस्टइन्डिजको जितमा शमराह ब्रुक्सले सर्वाधिक ७९ रन बनाए । यस्तै, निकोलस पुरनले २८ र शाई होपले २६ रनको योगदान गरे । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र टिम साउथीले समान दुई विकेट लिए ।

यसअघि बुधबार राति टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड ४५.२ ओभरमा सबै विकेट गुमाउदै १९० रन बनायो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ३४ रन बनाए । यस्तै, मार्टिन गुप्टिल २४ र फिन एलेन २५ रनको योगदान गरे । वेस्टइन्डिजका अकिल हुसैनले ३ विकेट लिए ।

यस जितसँगै तीन खेलको शृंखलामा बेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?