उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र र छात्रालाई छात्रवृत्ति

हिमालय टाइम्स
Read Time = 1 min

खोटाङ । बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ ।

बौद्धिक समूह नेपालले २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाएपछि जीवना धरानको पव्लिक मावि र दिलीप दिक्तेलको सरस्वती माविमा कक्षा ११ मा भर्ना भएका छन् । दुवैले व्यवस्थापन विषय अध्ययन सुरु गरेको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताउनुभयाे ।

उत्कृष्ट अंक, जेहेन्दार, लगनशील र आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?