काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गरेको छ ।
कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुगेको थियो । जुलुसमा नेता कार्यकर्तादेखि विद्यार्थीसमेत सहभागी थिए । कलेज ड्रेसमै विद्यार्थी नागरिकता विधेयकको विरुद्धमा लेखिएको प्ले कार्डसहित उपस्थित थिए ।
उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, देशघाती नागरिकता विधेयक राखेज गर् आदि लेखिएका प्ले कार्ड बोकेका थिए ।
पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका