दाङका १७ सय बढी उम्मेदवारले बुझाएनन् चुनावी खर्च

Read Time = 7 mins

-विवेक खड्का
दाङ । दाङमा गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले अझै खर्च विवरण पेश गरेका छैनन् ।

विभिन्न राजनीतिक दलबाट विभिन्न पदमा उम्मेदवारी दिएका २ हजार २०७ जना उम्मेदवारमध्ये अहिलेसम्म ५०४ जनाले मात्रै चुनावको खर्च विवरण पेश गरेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका जिल्लाको दश वटा पालिकामा जनप्रतिनिधि बन्न उम्मेदवार बनेकाहरुमध्ये २३ प्रतिशत उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च बुझाउँदा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन सकेका छैनन् ।

चुनावको खर्च विवरण पेश गर्नको लागि निर्वाचन आयोगले पटक–पटक आग्रह गर्दा पनि उम्मेदवारहरुले निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि चुनावको खर्च विवरण बुझाउन सकेका छैनन् । जिल्लामा अहिलेसम्म नेकपा एमालेबाट उम्मेदवार बनेका पालिका प्रमुख २, अध्यक्ष ३, उपप्रमुख २, उपाध्यक्ष ३, वडाध्यक्ष ५४, महिला महिला सदस्य ३९, दलित महिला सदस्य ४० र सदस्य ७८ गरी २२१ जनाले खर्च विवरण पेश गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसबाट उम्मेदवार बनेका मध्ये प्रमुख १, अध्यक्ष ३, उपप्रमुख १, उपाध्यक्ष ४, वडाध्यक्ष २२, महिला सदस्य १९, दलित महिला सदस्य १९ र सदस्य ३८ गरी १०७ जनाले खर्च विवरण पेश गरेका छन् । माओवादी केन्द्रबाट प्रमुख १, अध्यक्ष ३, वडाध्यक्ष २, महिला सदस्य ३, दलित महिला सदस्य २, सदस्य १० जना गरी २१ जनाले निर्वाचन कार्यालय दाङमा खर्च विवरण पेश गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका अनुसार एकिकृत समाजवादी ३, जनता समाजवादी पार्टी नेपाल २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, मंगोल नेशनल अर्गनाइजशन ८५, नागरिक उन्मुक्ति पार्टीका ३, नेपाल कम्यनिष्ट पार्टी (माक्सवाद लेनिनवाद) १०, राष्ट्रिय जनमुक्ति जनमोर्चाका ११, राष्ट्रिय जनमुक्ति पार्टी १०, नेपाली कांग्रेस (बीपी) १, मौलिक जरोकिलो पार्टी १, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १ र स्वतन्त्र ३ गरी ५०४ जना उम्मेदवारले चुनावको खर्च विवरण पेश गरेका छन् ।

त्यसैगरी खर्च विवरण पेश नगर्नेमा नेकपा एमालेबाट उम्मेदवार बनेका पालिका प्रमुख १, अध्यक्ष ४, उपप्रमुख १, उपाध्यक्ष ४, वडाध्यक्ष ४६, महिला सदस्य ६१, दलित महिला सदस्य ५९ र सदस्य १२२ गरी २९८ जनाले खर्च विवरण पेश गरेका छैनन् ।

त्यसैगरी नेपाली काँग्रेसबाट उम्मेदवार बनेका मध्ये प्रमुख १, अध्यक्ष ३, उपप्रमुख १, उपाध्यक्ष ३, वडाध्यक्ष ६३, महिला सदस्य ६६, दलित महिला सदस्य ६९ र सदस्य १३४ गरी ३४० जनाले खर्च विवरण पेश गरेका छैनन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका प्रमुख १, अध्यक्ष ४, उपप्रमुख १, उपाध्यक्ष ४, वडाध्यक्ष ६३, महिला सदस्य ६५, दलित महिला सदस्य ५८, सदस्य १२२ जना गरी ३१८ जनाले निर्वाचन कार्यालय दाङमा खर्च विवरण पेश गरेका छैनन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका अनुसार एकिकृत समाजवादीबाट प्रमुख २, अध्यक्ष १, उपप्रमुख ३, उपाध्यक्ष ५, वडाध्यक्ष ३५, महिला सदस्य २९, दलित महिला सदस्य २५ र सदस्य ५९ गरी १५९ जनाले खर्च विवरण बुझाएका छैनन् ।

शत्यस्तै जनता समाजवादी पार्टी नोपल ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका २८०, जनमत पार्टी (जपा) १३, मंगोल नेशनल अर्गनाइजेशन २४, उन्नत लोकतन्त्र पार्टी १, नागरिक उन्मुक्ति पार्टीका ४, नेपाल परिवार दल १, नेपाल लोकतान्त्रिक पार्टी १, राष्ट्रिय जनामोर्चा ६१, राष्ट्रिय जनमुक्ति पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ६, विवेकशील साझा पार्टी ७, राष्ट्रिय जनमुक्ति आन्दोलन नेपाल १, नेश्नलिष्ट पिपल्स पार्टी १, नेपाली जनता दल १ र स्वतन्त्रबाट उम्मेदवारी दिएका १४४ गरि १७०३ जना उम्मेदवारले अझै चुनावको खर्च विवरण पेश नगरेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयाे ।

आयोगले दलहरुसँगको सहमतिमा उपमहानगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा साढे पाँच लाख, नगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवारले साढे चार लाख, गाउँपालिका प्रमुख–उपप्रमुखका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने गरी तोकिएको थियो । निर्वाचन आयोगले पछिल्लो पटक फेरी खर्च विवरण नबुझाएका उम्मेदवारलाई एक साताभित्र खर्च विवरण बुझाउन ताकेता गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?