नेप्से परिसूचकमा वृद्धि

Read Time = 2 mins
A A- A+

काठमाडौं । बुधवार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीवार वृद्धि भएको छ ।

बिहीवार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

बुधवार साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।
बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन् । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

बिहीवार नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै,हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता,सपोर्ट माइक्रोफाइनान्सकोे मूल्य ३ प्रतिशतले घटेको छ । आज रिडी हाइड्रोपावर कम्पनीले १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?